टेलिकमले समाधान गर्यो प्राविधिक समस्या, सेवामा कुनै समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने « Arthapath.com
४ माघ २०७९, बुधबार

टेलिकमले समाधान गर्यो प्राविधिक समस्या, सेवामा कुनै समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने



काठमाडौं । नेपाल टेलिकममा माघ ३ गते आएको प्राविधिक समस्या समाधान गरेको बताएको छ । मोबाइल तथा पिएसटिएन टेलिफोनमा माघ ३ गते करिब १२ बजे केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आएको उक्त समस्या तत्काल समाधान गरेको जनाएको हो ।

टेलिकमले “समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावहरुले असजिलोपन व्यहोर्नुपर्यो । यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।”

यस्ता समस्या भविष्यमा दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने बताएको छ ।साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्