सुनको मूल्य स्थिर, चाँदी भने घट्यो « Arthapath.com
५ माघ २०७९, बिहीबार

सुनको मूल्य स्थिर, चाँदी भने घट्यो



काठमाडौं । सुुनको मूल्य आज स्थिर रहेको छ । बिहिबार सुन स्थिर रहे पनि चाँदी भने तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार चाँदी मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्