पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन « Arthapath.com
१७ माघ २०७९, मंगलवार

पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन



काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघकोमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको २२औं साधारण सभाले सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

समितिको कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा रहेको छ । सोही सभाले सल्लाहकारमा विनय बोहरा, विनय साउन र प्रमेश खरेल, प्रमुख कार्यकारी अधिकृत सुभास खड्का र फंक्सनल कमिटि सदस्यहरुमा बृजेश पालिखे, रमेश काफ्लेर आशिष श्रेष्ठ रहेका छन् ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्