नेपाल टेलिकम २०औं वर्षमा प्रवेश, मंसिर मसान्तसम्म पुगे २ करोड १३ लाख भन्दा बढि ग्राहक « Arthapath.com
२२ माघ २०७९, आईतवार

नेपाल टेलिकम २०औं वर्षमा प्रवेश, मंसिर मसान्तसम्म पुगे २ करोड १३ लाख भन्दा बढि ग्राहक



काठमाडौं । वि. स. २०६० माघ २२ गते ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विश्ववजारमा उपलब्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिक रुपले सम्भव भएसम्म देशभर सेवा विस्तार र आर्थिक क्षमताले सम्भव भएसम्म सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले राज्यको ढुकुटीमा निरन्तर योगदान गर्दै आइरहेको छ ।

१९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा यहि २०७९ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड १३ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन् ।

भ्वाइस सेवाको निरन्तर घट्दो प्रयोग र डाटा सेवामा रहेको तीव्र प्रतिस्पर्धात्मक वातावरणका वावजुद आ.व. २०७८/७९ मा कम्पनीको कुल आय रु ४४ अर्ब ३७ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु. ८ अर्व ४७ करोड भएको छ । चालु आ. व. को पौष मसान्तसम्म कम्पनीले रु २१ अर्व ८० करोड राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु-याएको योगदान हेर्ने हो भने आ.व. २०७७/७८ मा Income Tax, Value Added Tax. Telecom Service Charge. Ownership Tax, Customs Duty. Royalty. RTDF. Dividend. Property & Vehicle Tax लगायतका कर तथा गैहकर गरी कम्पनीले रु २६ अर्व ४१ करोड रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान वृद्धि हुने अपेक्षा कम्पनिले राखेको छ ।


प्रतिक्रिया दिनुहोस्