२८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना सुरु, नयाँ प्रविधिमा फड्को मार्ने विश्वास « Arthapath.com
२४ माघ २०७९, मंगलवार

२८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना सुरु, नयाँ प्रविधिमा फड्को मार्ने विश्वास



काठमाडौँ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना सुरु भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त आयोजनाको उद्धघाटन गरेकी हुन ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज अर्थात माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । मन्त्री शर्माले आजको सूचना प्रविधिले विश्वलाई नै एक मुठिमा ल्याएको हुदाँ नेपाल सरकारले पनि उक्त कुरालाई मुख्य प्राथमिकता राख्ने बताएका छिन । उनले, “आइटीले सरकारलाई आर्थिक समृद्धिमा मुख्य सहयोग गर्ने उनलको भनाइ रहेको थियो । उनले आइटी क्षेत्रबाट महत्वपूर्ण कार्य गर्ने सक्छौं । देशको राजस्वलाई वृद्धि गर्नेका लागि र वास्तवित राष्ट्रियता स्थापित गर्नेका लागि आइटी क्षेत्र निकै महत्वपूर्ण रहेको छ ।” मन्त्री शर्माले सूचना प्रविधि क्षेत्र विकास हुनु भनेको ‘स्मार्ट’ हुनु रहेको समेत बताइन्। नेपालमा भ्रष्टाचार, अनियमितता लगायतका समस्या रोक्न पनि सूचना प्रविधिको विकास आवश्यक रहेको उनको ठहर छ।

“आइटि क्षेत्रमा राज्यले स साना कुरामा ध्यान नदिदाँ अर्बौ राजस्व संकलन गुम्ने हुने गर्दछ । मेनपावरलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा यो क्षेत्रमा समस्या रहेको छ । देश राजनिति अस्थिरतामा गएको कारणले गर्दा योजनाबद्ध रुपमा राज्यले कार्य गर्ने नसकेको अवस्था सहि हो । अहिले दक्ष्य जनशक्ति बिदेशी रहदाँ सूचना प्रविधिमा राज्यले काम गर्दा बाहिरबाट बोलाउनु पर्ने अबस्था रहेको छ । राज्यले हाम्रो जनशक्तिलाई स्वदेशमा रोक्न नसकेको अब राज्यले योजनाबद्ध रुपमा आइटी क्षेत्रमा कार्य गर्ने छ” मन्त्री शर्माले भनिन ।

कार्यक्रमा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, चेम्बरका अध्यक्ष रोजेन्द्र मल्ल लगागतको सहभागि रहेको थियो । सहभागिहरुले उक्त आयोजनाले नेपाललाई डिजिटल माध्यम विकासमा ठूलो फड्को मार्ने विश्वास क्यानले लिएको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दैं उपाध्यक्ष ढकालले नेपाल सूचना प्रविधिमा धेरै सुधार तिर गएको बताएका छन् । सरकारले नेपाली प्रोडक्टलाई पहिलो प्राथमिकता दिइ कार्य गर्ने सक्दा एक नयाँ उचाइ कायम गर्ने सक्ने भनाइ उनको रहेको थियो ,

महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा यस पटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने बताएका छन्। “प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।

प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रदर्शनी अवलोकनका लागि १ सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवलोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् ।

महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्