२८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी सुरु, हेर्नुहोस् १५ तस्बिर « Arthapath.com
२४ माघ २०७९, मंगलवार

२८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी सुरु, हेर्नुहोस् १५ तस्बिर



काठमाडौं । नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी सुरु भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक समारोहकोबीच उद्धघाटन गर्नु भएको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज अर्थात माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रदर्शनी अवलोकनका लागि १ सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

तस्बिरः


प्रतिक्रिया दिनुहोस्