आइएमई पे को सेन्डमनीबाट पैसा पठाउदा शूल्क नलाग्ने

काठमाडौं। आइएमई पे मा रहेको सेन्डमनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।आइएमई पे नेपालको सबै भन्दा राम्रो र सेवाग्राहीरूले सबै भन्दा बढी मन पराएका छन् ।
आइएमई पे डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ईले दूरसञ्चारको माध्यमबाट मोबाइलवालेट सेवा‘आइएमई पे’प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी रहेको छ ।
आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राहीहरु आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धीकार्य गर्न सक्छन् ।
आई.एम.ई डिजिटल लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशी करणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकको खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।