सिटी एक्सप्रेस अब मुन्द्रेको कमेडि क्लबमा « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

सिटी एक्सप्रेस अब मुन्द्रेको कमेडि क्लबमा



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर,लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।

सो कार्यक्रम चैत्र २ गते देखि नियमित रुपमा सिटीएक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुने छ । सिटीएक्सप्रेस मनिट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माताकि इन्टरटेन्मेन्ट र सिटीएक्सप्रेस मनिट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटीएक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजेकान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ । यस कार्यक्रमका मुख्य पात्रको रुपमाचर्चित हाँस्यकलाकार जितु नेपाल र नायिका प्रियांकाकार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली’लट्टे’, प्रभातलामा, दिनेश काफ्ले, श्याम राना, एलिनाबास्कोटाको साथै अन्यकलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्