आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर



काठमाडौं । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ ।

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँसम्मको क्यासब्याक दिने सुविधा छ । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्