नेपाली बजारमा सार्वजनिक भयो शाओमी १३ लाइट, कति पर्छ मूल्य ? « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

नेपाली बजारमा सार्वजनिक भयो शाओमी १३ लाइट, कति पर्छ मूल्य ?



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेआज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने “ शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।”

शाओमी १३ लाइटमा ५० एमपि ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा मुख्य क्यामेरा रहेको आईएमएक्स७६६ सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ ।

फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ । ३२ एमपि फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको ८ एमपि फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ । यसमा भएको २एक्स सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ ।

लाइट ब्लू र लाइट पिंक गरि योशाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ । ८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ। शाओमी १३ लाइट २०७९ चैत्र १३ गते बाट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्