डिस मिडियन नेटवर्कको साधारण सभा चैत २० गते « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

डिस मिडियन नेटवर्कको साधारण सभा चैत २० गते



काठमाडौं । डिस मिडिया नेटवर्कले वार्षिक साधारण सभा चैत २० गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले .२३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरिसकेकोे छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्