नयाँपनको उमंग सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना, यस्ता छन् अफर « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

नयाँपनको उमंग सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना, यस्ता छन् अफर



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमँग भर्न सीजीको “नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको” उपहार योजना लिएर आएको छ ।

यस उपहार योजना अन्तर्गत सी.जी.को यो नया वर्ष, सीजी मेरिडिया को उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमँग सहित ग्राहकहरुको लागि उपलब्ध छ । यस योजना सँगै ग्राहकवर्गहरुले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु घर ल्याउन सक्नुहुनेछ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षको उत्सव मनाउन सक्नुहुनेछ ।

यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टिभि, स्मार्ट टिभि, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत ५ हजार रुपैयाँ र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ भने ६५” र ७५” एन्ड्रोइड टिभिमा ७ हजार ५९० रुपैयाँ बराबरको सीजी २.१ स्पीकर उपहार रहेको छ ।

सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा ९२० रुपैयाँ बराबरको २ केजी को एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २५०० रुपैयाँ बराबरको ६ केजीको एरियल म्याटिक उपहार रहेको छ । साथै, डबल डोर रेफ्रिजरेटरमा १२६० रुपैयाँ बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २८००रुपैयाँ बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७०९० रुपैयाँ बराबरको सीजी मेरिडिया भ्याकुम उपहार रहेको छ ।

यो योजना चैत्र १३, २०७९ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्