बिग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

बिग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट



काठमाडौं । नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा सम्पूर्ण सामानमा १० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसंग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानीगर्दा छुट अफर सार्बजनिक गरेको छ ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथावित्तिय संस्थाकाग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमाक्युआर स्क्यानगरि भुक्तानी छुट प्राप्तगर्न सक्ने छन् । यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआई सी एशिया आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

साथै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि भएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्