आइएमईले नयाँ योजना सार्वजनिक गर्यो « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

आइएमईले नयाँ योजना सार्वजनिक गर्यो



काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउाँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार दिने भएको छ । उक्त योजना २०८० वैशाख १ गते देखि ३१ गते सम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु माफर्त पठाएको रकम आइएमई पे, बैंक
डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरुका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्