टेलिकमद्धारा विद्युत प्राधिकरणको स्मार्ट मिटरको लागि डेढ लाख ई–सिम उपलब्ध « Arthapath.com
७ बैशाख २०८०, बिहीबार

टेलिकमद्धारा विद्युत प्राधिकरणको स्मार्ट मिटरको लागि डेढ लाख ई–सिम उपलब्ध



काठमाडौं । नेपाल टेलिकमले विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धमा दुई संस्थाबीच (बैशाख ७ गते) एक सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि निरन्तर रहने विश्वास गरेका छन् । नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युतबाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधि ई–सिममार्फत सेवाउपलब्ध हुने भएकोमा खुशी व्यक्त गरेका छन् ।

नेपालविद्युतप्राधिकरणले विद्युतमहशुल सम्बन्धीजानकारीकालागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युतखपतबारेमाजानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतकाकार्य गर्न सहयोग पुग्दछ ।

ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधाउपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्मक्षमताभएकाथ्री फेज ग्राहकहरुकालागि ई–सिमप्रयोग गरिने छ । नेपाल टेलिकमले नेपालविद्युतप्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३हजार थान सिम उपलब्ध गराइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्