‘आइएमई पे’ को नयाँ अफर- १ रुपैयाँको खेल आइएमई पे एपमा « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

‘आइएमई पे’ को नयाँ अफर- १ रुपैयाँको खेल आइएमई पे एपमा



काठमाडौं । आइएमई पे ले ‘१ रुपैयाँमा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । 

जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए १४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा “१ रुपैयाँमा के” ब्यानरमा गइ खेल्न सक्नुहुनेछ ।

यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी सो खेल खेल्न सक्ने छन् ।  यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्