भिभो प्रविधी संवादको प्रथम भर्चुअल कार्यक्रम « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

भिभो प्रविधी संवादको प्रथम भर्चुअल कार्यक्रम



काठमाडौं । भिभाले बुधबार ‘भिभो ५जी टक ’भर्चूअल कार्यक्रमको समूद्घाटन गरयिो जसमा नेपाल तथा पाकिस्तानका उद्योग विशेषज्ञहरुलाई यस क्षेत्रमा ५जी को वर्तमान अवस्था तथा निकट भविष्यमा व्यापारर दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रुपान्तरण बारे संवाद गरियो ।

यस कार्यक्रमले भिभोको टेक–टक पहलको निम्ति मंच तयार गरेको छ, जून दुरसंचारको उन्नतिको निम्ति अर्थपुर्ण संवाद गर्ने उद्देश्यले योजित छ । ‘असीमित बुद्घिमान संसार’ मा विषयतित उक्त कार्यक्रम तथा प्यानल छलफल दुरसंचार पारिस्थितिक प्रणालीका विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निमित्त मंच सिर्जना गर्नेमा केन्द्रित रह्यो ।

भिभोको ५जी टक भर्चूअल कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरुको सहभागिता रहेकाु थियो । कार्यक्रममानिरज भूषाल,गैरराजपत्रित–अर्थ मन्त्रालय, नेपाल, मूहम्मद अदिल इसरार, आजियाटा एनसेलका प्रमुख प्रविधि तथा उद्यम व्यापार अफिसरर आजियाटा नेपालका प्रमुख प्रविधि अफिसर मिनू प्रधान, नेपाल टेलिकमका निर्देशक पर्भेज इफ्तिखार, सूचना र संचार प्रविधिनिति तथा नियमनका अन्तर्राष्ट्रिय सल्लाहकार, पाकिस्तान खलीदखान केद्रिय एसियाली सेलूलरमंचका संस्थापक तथा अध्यक्ष, पाकिस्ता नर आसिफ अजिजःप्रमूख व्यापार अफिसर, ज्याज पाकिस्तान सहित ६ जना विशेषज्ञहरुको उपस्थिती रहेको थियो ।

नेपाल तथा पाकिस्तान जस्ता उदयमान अर्थतन्त्रमा ५ जी का फाइदाहरुबारे छलफल गर्दै प्यानलिष्टहरुले परिष्किृत संचारले पुर्वाधार निर्माणका चूनौतीहरुका समाधानहरु प्रदान गर्ने निष्कर्ष निकाले, जस्तै– दूर स्वास्थ्य सेवा, शिक्षा तथा नवव्यापार नमूना जसले यी राष्ट्रका कूल उत्पादन वृद्धिमा बढावा पूर्याउन सक्दछ ।

आवश्यक पुर्वाधारका साथै सहायक नियम ननितीहरुको कार्यान्वयन द्वारा ५जी विस्तारका प्रमूख बाधकहरु, जस्तै भौगोलिक अवरोध तथा स्पेक्ट्रम उपलब्धतालाई पन्छाउँदै नवपवर्तन तथा उद्यमशीलताको निमित्त अनूकुल वातावरण निर्माणको महत्वमा प्यानलको विशेष जोड रह्यो । वक्ताहरुले नेपाल र पाकिस्तान लगायतका देशहरुमा ५ जी को अधिकतम संभावनाको प्रयोगको निमित्त व्यावसायिक व्यवहार्यता तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यको आवश्यकता पनि आँैल्याए ।

“दह्रीलो वृद्धि अनूभव गर्दै गरेको एसिया क्षेत्रले ५जी को पुर्ण लाभ उठाउन बाँकी नै छ । हाम्रो क्षेत्रले (संचार प्रविधीले) ५जी कार्यान्वयन गर्न तर्फ विशाल पाइलाहरु चाल्दै छ र आजको छलफलले यस क्षेत्रमा(नेपाल र पाकिस्तानमा) आगामी दिन र डिजिटल रुपान्तरणको झलकदिएको छ,” भिभो संचार अनूसन्धान संस्थानका अग्रणी विशेषज्ञराकेश ताम्राकारले भने ।“भिभोमा हामी ५ जी स्मार्ट फोनलाई अझ छरीतो र पहूँच योग्य बनाउँनमा समर्पित छौँ जसले समूदायहरुलाई सशक्त बनाउन र नयाँ डिजिटल भुगोलमा फस्टाउन सहयोग पूर्याउनेछ ।

”यस क्षेत्रमा व्यापक अनुसन्धान र विकासका पहल सहितका हाम्रा अथक प्रयासहरुले उन्नत नव प्रवर्तनहरुको नतिजा निकालेको छ जून हाल विश्वव्यापी ५ जी मापदण्डका हिस्सा छन् ।नवप्रवर्तन तथा सहकार्यलाई बढावा दिए र हामी असीमित बूद्धिमान संसारलाई आकार दिन योगदान पूर्याउन सक्नेमा विश्वस्त छौँ,जहाँ सबैले उन्नत संचार प्रविधिको लाभ उठाउन सक्दछन् ।

५जी अनुसन्धानमा केन्द्रित १०० जना विशेषज्ञहरुको टोली रहेको भिभो ३ जीपीपी मापदण्डको प्रमूख योगदान कर्ता हो । साथै, १०,००० भन्दा ज्यादा ५ जी प्रस्तावहरु ५,००० रुपैयाँ अधिक ५जी आविस्कार पटेन्टहरुका पनि सबैभन्दा ठुला स्मार्टफोन निर्माता तथा ५जी अग्रगामीहरु मध्ये एक भिभो यस्तो नवप्रवर्तन पालनमा कटिबद्ध छ जसले प्रयोगकर्ताका आवश्यकताहरु र उन्नत प्रविधीलाई अघि साद विश्वव्यापी ग्राहकहरुको दैनिक अनुभव सुधार्दछ ।

भिभोले आगामी पिढीका संचार प्रविधीलाई उपयुक्त विस्तृत उत्पादनहरु तयार पारेको छ,जसले उपभोक्ताका भिन्न आवश्यकता पूरा गर्दछन् । उदाहरणको लागि, शक्तिशाली एक्सरवाइ सिरीजका फोनहरु,जुन भिभोको अभिनवी“ ३डीस्ट्याकिंग” प्रविधीको कारण बजारकै सबैभन्दा पातला ५जीफोनहरु मध्ये पर्दछन् ।


प्रतिक्रिया दिनुहोस्