सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुदैंनः टेलिकम « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुदैंनः टेलिकम



काठमाडौं । नेपाल टेलिकमले सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने जनाएको छ । “राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ । कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ” विज्ञप्तिमा भनेको छ ।

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको टेकिलमको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्