शाओमीले ल्यायो भव्य एक्सचेन्ज अफर: अब जुनसुकै ब्रान्डको स्मार्टफोनसंग नयाँ साट्न सकिने « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

शाओमीले ल्यायो भव्य एक्सचेन्ज अफर: अब जुनसुकै ब्रान्डको स्मार्टफोनसंग नयाँ साट्न सकिने



काठमाडौं । शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्टफोन एक्सचेञ्जको अफर ल्याएको हो ।

कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । साथै ग्राहकहरुले रेड्मी १२ ५जी खरिद गर्न चाहेमा थप १ हजार रुपैयाँ छुट पनि पाउने छन् ।

ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले “नयाँ पुरानो एक्सचेन्ज“ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ ।

अत्याधुनिक फाइबजी कनेक्टिभिटी, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले र प्रभावशाली क्यामेरा सहितको रेड्मी १२ फाइवजी खरिदमा एक हजारको विशेष छुटमा ग्राहकहरूले थप सहुलियत प्राप्त गर्नेछन् ।

शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको छ । ग्राहकहरूलाई यो उल्लेखनीय अवसरको फाइदा उठाउन र नयाँ शाओमी स्मार्टफोनमा अपग्रेड गरेर शाओमी इकोसिस्टमको पूर्ण लाभ उठाउन प्रोत्साहित गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्