फोनपेको नयाँ सुपरयात्रा अभियान, म्याकबुक एयर जित्ने मौका « Arthapath.com
२२ आश्विन २०८०, सोमबार

फोनपेको नयाँ सुपरयात्रा अभियान, म्याकबुक एयर जित्ने मौका



काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक नयाँ अभियान संचालन गरेको छ । उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।

सुपरयात्रा अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्।अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० क्यास ब्याक को मजा लिन सक्ने छन्। यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ।

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।


प्रतिक्रिया दिनुहोस्