कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुगे

काठमाडौं । नेपाल घुम्न आएका बहराइनका राजकुमार फर्किएलगत्तै कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न नेपाल आइपुगेर आधार शिविर पुगेका छन् ।
आइतबार राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेका स्रोतले जनाएको छ ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।
कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेका थिए ।