२ अर्बको लगानीमा बन्यो आगन्तुक रिसोर्ट, आन्तरिक पर्यटकको हब बन्दै « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

२ अर्बको लगानीमा बन्यो आगन्तुक रिसोर्ट, आन्तरिक पर्यटकको हब बन्दै



काठमाडौं । बनेपमा आगन्तुक रिसोर्ट संचालनमा आएको छ । परम्परागत शैलीमा आधुनिक निमार्ण सामाग्रीहरु प्रयोग गरी रिसोर्ट सञ्चालनमा आएको हो । काठमाडौबाट नजिकै रहेको उक्त रिसोर्ट भिजिट नेपाल २०२० लाई लक्षित गरी सञ्चालनमा आएको थियो ।

सो रिसोर्ट कोभिड महामारीका कारण ठप्प थियो । तर, पछिल्लो सयम भौतिक निर्माण र पर्यटकीय चहलपहल बढ्न थालेको छ । अहिले पूर्ण संचालनमा आएको आगतुन्तक रिसोर्ट पर्यटकको मुख्य केन्द्र बनेको छ ।

केही संरचना तय हुन बाँकी रहेकोे रिसोर्ट आन्तरीक र बाह्य दुवै पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्यएको रिसोर्टका म्यानेजर बिमल पौडेलले बताए । उनका अनुसार रिसोर्टको सम्पूर्ण डिजाइन र थिम भने स्वर्गीय हरि नेपालले बनाएका थिए । स्व।नेपालले विदेशम भ्रमण क्रममा देखेको दृश्यलाई क्याप्चर गरि रिसोर्टको डिजाइन गरेका थिए । यद्यपि, दुई वर्ष अगाडी कोरनाको कारणले मृत्यु भएको ।

अहिले चारतारे रुपमा सञ्चालनमा आएको रिसोर्ट भविष्यमा पाँचतारे सञ्चालन गर्ने म्यानेजर बिमल पौडेलले बताए । उक्त रिसोर्ट २ अर्ब लगानीमा बनेको पौडलले बताए । उनले भने,–‘ आगन्तुक रिसोर्ट ७५ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । हाल ५२ वटा रुमहरु सञ्चालनमा आएको छन्। ती मध्ये ४ स्विट रुम, ४ वटा मिनी स्विट रुम र अरु प्रिमियम र डिलक्स रुम छन् ।’यसका साथै २० वटा रुम छिटै सञ्चालनमा ल्याउने तयारीमा रहेको पौडेलले जानकारी दिए ।

रिसोर्टमा रहेको सामाग्रीहरुले पुरानो शौलीको रहेको छ । हरेक रुमको बाहिर बालकोनी रहेको छ त्यहाँबाट मनोरञ्जनात्मक दृश्य देख्न सकिन्छ । मौसम खुुलेको बेलामा सगरमाथा हिमाल लगायत अरु हिमश्रृङखला पनि अवलोकन गर्न सकिने कम्पनीको अध्यक्ष सरस्वती ज्ञावलीले बताई्न ।

ज्ञवालीलका अनुसार काभ्रेसँगै देशको पर्याटन प्रवर्धन गर्ने उदेश्य राखेर रिसोर्ट सञ्चानमा ल्याएको हो । उनले भनिन्,–‘रिसोर्टबाट हिमशिङखला, पलाञ्चोक भगवती, पाँचखाल उपत्यकाहरु देख्न सकिन्छ । रिसोर्टमा २ वटा रेष्टुरेन्ट, एउटा बार, २ वटा सभा हल, स्विमिङ पुल, जीमहल पनि रहेको छ । अब छिट्टै स्पा पनि संचालनमा ल्याउयँदै छौं ।’

रिसोर्टले ७० जना कर्मचारीहरुले रोजगार दिएको छ । सो रिसोर्टमा ९९ प्रतिशत नेपाली पर्यटकले सेवा प्राप्त गरेको बताइएको छ । कम्पनीले आन्तरिक पर्यटकलाई प्राथमिकता दिँदै विभिन्न प्याकेजहरु ल्याउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्