मधेशमा उल्लेख्य बढ्यो पर्यटक आगमन, पर्यटन क्षेत्रले बढाउँदै रोजगारी « Arthapath.com
१९ पुष २०८०, बिहीबार

मधेशमा उल्लेख्य बढ्यो पर्यटक आगमन, पर्यटन क्षेत्रले बढाउँदै रोजगारी



काठमाडौं । मधेश प्रदेशमा पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ । गत वर्ष मधेशमा कुल २५ हजार ३७३ जना विदेशी पर्यटक घुम्न पुगेका हुन् ।

बिहीबार नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मधेश प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो वर्षको तुलनाम गत वर्ष पर्यटक आगमन ५५.३७ प्रतिशतले वृद्धि भएको हो ।

विगत वर्षहरूमा कोभिड–१९ ले पर्यटक आगमन ठप्प रहेको थियो । तर, पछिल्लो समय त्यसको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आई सो क्षेत्रको गतिविधि बढ्को हो । गत वर्षको कुल पर्यटक आगमन संख्या मध्ये सबै भन्दा बढी क्रमश: भारतीय, तेस्रो मुलुकका नागरिक र चिनीया रहेका छन् । गत वर्षको सोही अवधीमा कुल पर्यटक आगमन संख्या मध्ये८९.१३ प्रतिशत भारतीय, १.५० प्रतिशत चिनीया र ९.३७ प्रतिशत तेस्रो मुलुकका नागरिक रहेका थिए ।

गत वर्षको सोही अवधीमा २९.४१ प्रतिशतले वृद्धि भई सो संख्या १६ हजार ३ सय ३१ मात्र रहेको थियो । पर्यटक आगमनमा वृद्धि भएसँगै होटलहरूको व्यवसाय वृद्धि भएकाले कार्यरत कर्मचारीहरूको लागि रोजगारीको अवसर समेत वृद्धि भएको देखिन्छ ।

समीक्षा वर्षमा छनौटमा परेका मधेश प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या ३६.९९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधीमा यस क्षेत्रको रोजगारीमा ७.६५ प्रतिशतले ह्रास आएको थियो ।


प्रतिक्रिया दिनुहोस्