पाटा नेपालको अध्यक्षमा लकाई, कयौँ अवार्डद्वारा सम्मान
काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोसियशन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा खेमराज लकाई चयन भएका छन् । उनी ग्लोबल एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत हुन् ।
शुक्रबार सम्पन्न संस्थाको ४५ औँ वार्षिक साधारणले हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक नरेन्द्रदेव भट्टलाई महासचिव र मीड भ्याली इण्टरनेशनल कलेजका प्रबन्ध निर्देशक रितल राणा कोषाध्यक्ष चयन भएका छन् ।
दुषित प्रिन्सेस काठमाडौँका निर्देशक तेञ्जिङ प्याङ लामा, लक्जरी डीएमसी ट्राभलका प्रबन्ध निर्देशक लाक्पा फुटी शेर्पा, फल द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरीता लामा, बुद्ध एयरका निर्देशक रूपेश जोशी, डेस्टिनागो टुर्स एण्ड ट्राभलका निर्देशक हिम्मत पुरी, आर्य भिलेज ट्राभल्सका निर्देशक विनोद अधिकारी र बीजीबी क्याफेका कार्यकारी निर्देशक सुनीलबहादुर भट्टराई कार्यसमिति सदस्य चयन भएका छन् ।
साधारण सभाका अवसरमा द्वारिकाज होटल्स एण्ड रिसोर्ट्सकी अध्यक्ष अम्बिका श्रेष्ठ र होटेल साङ्ग्रीलाका संस्थापक श्यामबहादुर पाण्डेलाई ‘पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गरिएको छ ।
पाटा स्पेसल कन्ट्रिब्युशन अवार्ड, पाटा बेस्ट स्टुडेण्ट च्याप्टर अफ द यिअर अवार्डका साथै मिनिङफूल टुरिज्म अवार्ड सिरिजमा स्वर्ण, रजत र काश्य पदक अवार्डहरु पनि सोही समारोहमा प्रदान गरिएको थियो ।