इन्डोनेसियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीइओ बीच भेटवार्ता, पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने प्रतिविद्धता
काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी बीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।
नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रर्वद्धनमा आपसी सहकार्यमा जोड दिैंदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।
भेटका अवसरमा बोल्दै उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नेपाल साच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहीत भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु ।’ उनले भने ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूणर् सम्बन्ध रहेको उल्लेख गरे । बोर्ड आससी सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताए । ‘नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो । हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस’, उनले भने ।
उनले दुवै दशेको पर्यटन प्रर्वछनका लागि बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए ।
सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नु पर्नेमा जोड दिंदै दुवै देशलाई फाइदा पुगने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।