बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो



काठमाडौं । बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिककमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यतर करिब चार सय जनालाई क्वारेनटाइनमा राखिएकोमा हाल थप ९ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।

यस अघि ३ जना नेपालीमा कोरोनाको संक्रमण देखा परेको थियो । बहराइनमा २ अप्रिल बेलुवा ८ बजे सम्म ३६,५०६ जनामा कोरोना संक्रमण भए ÷ नभएको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ ।

संक्रमित व्यक्तिहरुको संख्या २५८ जना रहेकोमा ३ जनाको क्रिटिकल अवस्थामा रहेका छन् ।
साथै संक्रमणबाट सन्चो भएर डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको दूतावासले बताएको छ ।
बहराइनको स्वास्थ्य मन्त्रालयको अनुसार कोरोना संक्रमितहरुको उपचार पश्चात डिस्चार्ज हुनेको संख्या जी सी सी मूलुकहरु मध्ये बहराइनमा सबैभन्दा उच्च रहेको दूतावासको भनाई छ ।

कोरोनाको संक्रमण नियन्त्रण नहुँदाको सम्मको लागि ५ जना वा सो भन्दा कम मात्र मानिस भेला हुन बहराइनले अपिल गरेको छ ।

सार्वजनिक पार्कमा घुमघाम गर्न निषेध गरेको छ । बहराइन सरकारले संक्रमण रोकथाम थप प्रभावकारिताका लागि संक्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टी भएमा ३ महिना सम्म जेल सजाय अथवा वहरानी डिनार १ हजार देखि १० हजार सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान जारी गरेको छ ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्