भारतमा २४ घण्टामा ४० जनाको मृत्यु, जम्मा २४९ पुग्यो
काठमाडौं । भारतमा कारोना भाइरसका कारण ज्यान जानेको संख्या २४९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
भारतमा ७ हजार ६ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३ सय ६४ मा देखिएको छ ।
