मुम्बईमा ५३ जना पत्रकार कोरोना भाइरस संक्रमित « Arthapath.com
८ बैशाख २०७७, सोमबार

मुम्बईमा ५३ जना पत्रकार कोरोना भाइरस संक्रमित



एजेन्सी । भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ।

भारतीय अनलाइन द हिन्दुका अनुसार मुम्बईमा मात्रै कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या सोमबारसम्म २ हजार ७२४ पुगेको छ।

मुम्बईमा मृत्यु हुनेको सङ्ख्या १३२ पुगिसकेको छ। मुम्बईको सिटी सिभिक अस्पतालले जानकारी दिए अनुसार सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो।

कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा ब्रिहानमुम्बई नगर परिषद्(बीएमसी)ले एक सय ७१ जना पत्रकारको नमुना लिइएको थियो। त्यो नमुना टेलिभिजन, रेडियो र छापा माध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो। जसमा छापामा काम गर्ने पत्रकार र टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सन पनि थिए।

‘१७१ पत्रकारमध्ये ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ’, ब्रिहानमुम्बई नगर परिषद्का प्रवक्ता विजय खाबलेले भने, ‘उनीहरु सबैलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिसकेका छौँ।’ स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ।


प्रतिक्रिया दिनुहोस्