एसियाली बजारमा तेलको मूल्यमा विगत दुई दशकयताकै गिरावट « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

एसियाली बजारमा तेलको मूल्यमा विगत दुई दशकयताकै गिरावट



काठमाडौं । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा विगत दुई दशकयताकै गिरावट आएको छ । यो सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो। सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्