गैरकानूनी रुपमा युएई बसेकाहरुकालाई तीन महिने आममाफी

काठमाडौं । युएईमा भिसा अवधि सकिएर गैरकानूनी भएका विदेशी नागरिकहरुका लागि युएई सरकारले थप तीन आममाफी दिने भएको छ ।
गत मार्च १ तारिक भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) वाहकहरुको हकमा आजदेखि लागु हुने गरी तीन महिना थप गरिएको युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सले समाचार छापेको छ ।
गत मार्च १ अघि भिसा सकिएर युएईमा गैरकानूनी रुपमा बसेका नेपालीलगायत अन्य विदेशी नागरिकहरुका लागि ३ महिनाको आममाफी खुलेको हो । तर आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ । यसबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।