चीनद्धारा कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्याउन अनुमति « Arthapath.com
८ भाद्र २०७७, सोमबार

चीनद्धारा कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्याउन अनुमति



काठमाडौं । पछिले समय कोरोना भाईरसविश्रद्धको भ्याक्स्नि बनाउनमा ठूला शक्ति राष्ट्रको होडबाजी नै चलेको छ । रुसले कोरोना भाईरस विरुद्धको भ्याक्सिन परिक्षणमा ल्याएको दाबी गरेका बेला चिनले पनि कोभिड–१९ विरोधी खोप बनाएर प्रयोगका लागि अनुमति पाएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । चयन गरिएका केही घरेलु कम्पनीहरुले बनाएको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

खोप व्यवस्थापन कानून अन्तर्गत यस्तो अनुमति दिइएको हो । यसमा अनुमोदन प्राप्त नभएका खोपलाई समेत संक्रमणको उच्च जोखिममा रहेका मानिसमाझ प्रयोग गर्ने अनुमति दिइन्छ । आपतकालीन प्रयोगको निगरानी र नियमन राम्रोसँग भएको छ भन्ने सुनिश्चित गर्न विविध योजना समेत बताइएको चीनको कोरोना भाइरस विरोधी खोप विकास कार्यबलका प्रमुख चङ चोङवईले बताए ।


प्रतिक्रिया दिनुहोस्