ट्रम्पको समर्थन परेडमा निस्केका कैयौं डुंगा डुबे « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

ट्रम्पको समर्थन परेडमा निस्केका कैयौं डुंगा डुबे



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा गरिएको डुंर्गा यालीका क्रममा कम्तिमा चार वटा डुंगा डुबेका छन् । समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको लेक ट्राभिसमा शनिबार ट्रम्पको समर्थनमा निकालिएको परेडका क्रममा केही डुंगा डुबेका र केही चट्टानसँग ठोक्किएका हुन् ।

घटनामा कोही पनि घाइते नभएको अधिकारीहरूले जनाएका छन् । कोलोराडो नदी थुनेर बनाइएको ट्राभिस ताल डुंगा चलाउन र माछा मार्न र पौडी खेल्नका लागि लोकप्रिय गन्तव्य हो । ‘लेक ट्राभिस ट्रम्प बोट परेड’मा धेरै नै डुंगा आउने भएपछि तालमा थप अधिकारीहरू पठाइएको डार्कले बताए । ट्रम्पका समर्थकले इच्छुकहरूले साना(ठूला सबै आकारका डुंगा ल्याएर परेडमा सहभागी हुन सक्ने भन्दै फेसबुकमा राखेका थिए ।

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । राष्ट्रपतिको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडन उम्मेद्वार बनेका छन् भने रिपब्लिकन पार्टीबाट ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्