विषालु केमिकल हालेर ट्रम्पको नाममा चिठी आयो « Arthapath.com
४ आश्विन २०७७, आईतवार

विषालु केमिकल हालेर ट्रम्पको नाममा चिठी आयो



काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ह्वाइटहाउसमा केही शंकास्पद चिठीहरु आएको बताइएको छ । ती चिठी राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको नाममा आएका छन् । अमेरिकी अधिकारीहरुले पछिल्लो साता ह्वाइट हाउस र केही विभागहरुमा विषालु केमिकल सहितको खाम आएको बताएका हुन् । यसअघि पनि यस्ता चिठी आएको भए पनि यस पटक कहाँबाट कसले पठाएको भन्नेबारे स्पष्ट प्रमाण भेटिएको छैन ।

यद्यपि क्यानडाबाट एक महिलाले पठाएको हुनसक्ने आशंका सहित त्यसबारे गोप्य रुपमा छानविन गर्न थालिएको छ । साथै आतंकवादी गतिविधि पनि हुनसक्ने सम्भावना बारे पनि अनुसन्धान गरिने बताइएको छ । तर यस्तो गतिविधिलाई ह्वाइट हाउसले राष्ट्रपतिमाथि षड्यन्त्र गरिएको रुपमा व्याख्या गरेको छ । जसका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको ह्वाइटहाउसका अधिकारीले जनाए ।

अमेरिकी मिडियाका अनुसार वासिङटनमा आतंकवादविरुद्धको संयुक्त दस्ताले यस घटनाको जाँच गरेको छ । साथै न्युर्योक प्रहरीले पनि छानविनमा सहयोग गरिरहेको बताएको छ । उनीहरुले छानविन प्रारम्भिक चरणमा भएकाले घटनाबारे यकिन भइनसकेको बताइएको छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्