भारतमा एकैदिन थपिए १ लाख ९४ हजार कोरोना संक्रमित, ४४२ जनाको मुत्यु « Arthapath.com
२८ पुष २०७८, बुधबार

भारतमा एकैदिन थपिए १ लाख ९४ हजार कोरोना संक्रमित, ४४२ जनाको मुत्यु



काठमाडौैं । भारतमा एकैदिन करिब २ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिबिसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा थप भएका संगै भारतमा संक्रिय संक्रमित हुनेको संख्या ९ लाख ५५ हजार भन्दा बढि पुगेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा ४ सय ४२ जनाको मुत्यु भएको छ । यो संगै अहिलेसम्म कोारेना संक्रमणबाट भारतमा ४ लाख ८४ हजार बढिले ज्यान गुमाएका छन् । त्यसैगरी कोरोना संक्रमित हुनेको संखया पनि ३ करोड ५७ लाख पुगेको छ ।

भारत कोरोना संक्रमित हुुने देशका दोस्रो स्थानमा रहेको पनि बिबिसि हिन्दीले जानकारी दिएको छ । अमेरिका कोरोना संक्रमित हुने देशमा पहिलो हो । यहाँ ६ करोड ९० लाख ८ सय संक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्