एक दर्जन निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी, स्पष्टीकरण पेश गर्न एक साताको म्याद
काठमाडौं । झन्डै एक दर्जन निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको हो ।
सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएको थियो । तर, हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएपछि कालो सूचीमा राख्ने तयारी गरेको कार्यालयले जनाएको छ ।
अब आजैका मितिले (भदौ ३१ गते) ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः कार्यालयले समय दिएको छ । तोकिएको उक्त समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा विधिवत् रूपमा कालो सूचीमा राख्ने कार्यालयले जनाएको छ ।
यी हुन् निर्माण कम्पनीहरु: