याडियाको इलेक्ट्रिक स्कुटरमा भारी छुट, हेल्मेट र रेनकोट पनि सित्तैमा
काठमाडौं। विश्वभर लोकप्रिय इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले नेपाली ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले हाल बजारमा २ लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको याडिया याडिया ई ८ एस प्रो स्कुटर अब मात्र १ लाख ८५ हजार रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको हो।
कम्पनीका अनुसार यो छुट अफर सीमित स्टकका लागि मात्र मान्य हुनेछ। स्टाइल, सुविधा र शक्तिमा अग्रणी मानिने ई ८ एस प्रो खरिद गर्ने ग्राहकलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेनसमेत उपहारमा प्रदान गरिनेछ।
विश्वभर याडियाले पाएको सफलताको श्रेय ग्राहकहरूलाई जाने भन्दै कम्पनीले यो अफर ग्राहकहरूप्रतिको आभार प्रकट गर्ने माध्यम भएकाे नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले जनाएकाे छ ।
याडिया ई ८ एस प्रो मा ६० किमी प्रतिघण्टाको टप स्पिड रहेको छ, र एक पटकको फुल चार्जमा अधिकतम १५० किमीसम्मको रेन्ज दिने दाबी गरिएको छ।
यस स्कुटरमा ७२ भोल्टको ३८ एएच ग्राफिन ब्याट्री, ३००० वाटको मोटर, १२ इन्चको एलोय रिम, हाइड्रोलिक सस्पेन्सन र ३२ लिटरको अन्डर सिट स्टोरेज जस्ता आधुनिक विशेषता समावेश छन्। साथै, अगाडिको भागमा आकर्षक डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर जडान गरिएको छ।












