अप्पर हेवाखोलाले २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति « Arthapath.com
२६ असार २०८२, बिहीबार

अप्पर हेवाखोलाले २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति



काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डबाट आवेदन पाएको हो ।

स्थानीय र सर्वसाधारणका लागि गरी १०० अंकित दरमा कुल २० लाख कित्ता आईपीओ जारी गर्ने कम्पनीले बैशाख २२ गते अनुमति पाएको हो । उक्त आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्