१११ मेगावाटको रसुवागढी जलविद्युतको सबै युनिटहरुको उत्पादन परीक्षण « Arthapath.com
२३ मंसिर २०८१, आईतवार

१११ मेगावाटको रसुवागढी जलविद्युतको सबै युनिटहरुको उत्पादन परीक्षण



काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सबै युनिटहरुको उत्पादन परीक्षण सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको उक्त आयोजनाको मंसिर २२ गते शनिबार सबै युनिटहरुको उत्पादन परीक्षणा सफलतापूर्वक सम्पन्न भएको हो । अब आयोजनाले केही दिनमै व्यवसायिक उत्पादन थालनी गर्नेछ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट गत मंसिर ५ गते बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको थियो ।

आयोजनाले परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । तर, शनिबार सबै युनिटबाट सफल उत्पादन भएको छ । अब केही दिनमै आयोजनाबाट व्यवसायिक उत्पादन हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्