९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी, चार बैंकले साढे १० अर्ब ऋण दिने « Arthapath.com
१८ माघ २०८१, शुक्रबार

९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी, चार बैंकले साढे १० अर्ब ऋण दिने



काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटेको छ ।

गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने जलविद्युत् आयोजनामा चार वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । यसका साथै प्रभू बैंक, कृषि विकास, सिद्धार्थ बैंकले लगानी गर्ने भएका हुन् ।

लगानी सम्बन्धी सम्झौतामा आजै अर्थात् माघ १८ गते शुक्रबार हस्ताक्षर भएको छ ।

हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

निर्माण अवधिको व्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने जनाइएको छ ।

प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैंकले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब र कृषि बिकासले १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्