आम्दानी बढेसँगै घट्यो घलेम्दी हाईड्रो नोक्सानी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आम्दानी बढेसँगै घट्यो घलेम्दी हाईड्रो नोक्सानी



काठमाडौं । विद्युत बिक्री आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको नोक्सानी घटेको छ । चालु आर्थिक वार्शकोतेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ६६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ३० लाख घाटामा थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेको छ । विद्युत बिक्रीमार्फत ८ करोड ६२ लाख आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । जसमा

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा १५ करोड ८ लाख रहेको कम्पनीको कुल खर्च घटेर १३ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ ।

१ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको जगेडा कोष २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन कर्जा २७ लाख १२ हजार र दीर्घकालिन कर्जा ६९ करोड २४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.४९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९६.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०२.५१ गुणा ऋणात्मक र तरलता अनुपात ९.२१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्