सामान्य बढ्यो कोशी प्रदेशको बजेट आकार, आगामी वर्षको लागि ३५ अर्ब ८७ करोड

काठमाडौं । कोशी प्रदेश सरकारले पौने ३६ अर्बको बजेट ल्याएको छ ।
कोशीले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो । कोशी प्रदेशले चालु आवको तुलनामा बजेटको आकार १.१७ प्रतिशत बढाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगत खर्चतर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेट आवको तुलनामा करिब १.१७ प्रतिशत बढी हो । चालु वर्षमा प्रदेश सरकारको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।