सुदुरपश्चिम प्रदेशकाे बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ) « Arthapath.com
२९ असार २०८२, आईतबार

सुदुरपश्चिम प्रदेशकाे बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)



काठमाडाैं । सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब साढे ३३ अर्बको बजेट ल्याएकाे छ।

आइतबार आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा आगामी आवका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८२ लाख ६ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरिएको छ।

आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ। त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत् ८ करोड र नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ९२ करोड ५६ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ७ अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख रूपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्