पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेर नष्ट « Arthapath.com
१ पुष २०७७, बुधबार

पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेर नष्ट



काठमाडौं । भक्तपुर चाँगुनारायणको एउटा पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेर नष्ट भएका छन ।

चाँगुनारायण ८ जितपुरका दीपक गिरीले सञ्चालन गरेको पोल्ट्री फार्ममा मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट १५ लाख रुपैयाँ बराबरका प्यारेन्ट कुखुरा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गहुँको छवालीले छाएर बनाइएको फार्ममा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्