उद्योग विभागका महानिर्देशक जिवलाल भुषालको सरुवा, तिवारीलाई दिइयो जिम्मेवारी « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

उद्योग विभागका महानिर्देशक जिवलाल भुषालको सरुवा, तिवारीलाई दिइयो जिम्मेवारी



काठमाडौं। उद्योग विभागका महानिर्देशक जिवलाल भुषालको सरुवा भएको छ । सरकारले गरेको सहसचिवहरुको सरुवामा भुषाल पनि परेका हुन् ।

भुषालको स्थानमा रामचन्द्र तिवारीलाई जिम्मेवारी दिइएको छ । तिवारी केही महिनाअघि मात्रै उपसचिवबाट सहसचिव बनेका हुन् । उनी यसभन्दा अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा रहेका थिए ।

उनी प्रशासन समूहबाट सहसचिव बनेका हुन्। सरकारको मन्त्रिपरिषदको मंसिर ८ गतेको निर्णयले तिवारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो।

मन्त्रालयको मन्त्रिस्तरको निर्णयबाट तिवारीलाई महानिर्देशकको जिम्मा दिएको हो। भुषाललाई मन्त्रालयमा तानिएको छ। यसैगरी उद्योग मन्त्रालयका सहसचिव बलराम रिजाललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ।


प्रतिक्रिया दिनुहोस्