हाथवे स्टक डिलरको साधारण सभा असोज २८ गते, पूँजी वृद्धि मुख्य एजेण्डा « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

हाथवे स्टक डिलरको साधारण सभा असोज २८ गते, पूँजी वृद्धि मुख्य एजेण्डा



काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडको प्रथम वार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ । सभा काठमाडौं, लैनचौरस्थित होटल एम्बास्डरमा बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभामा हकप्रद शेयर निष्कासन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेलगायत प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी आव २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्