३० प्रतिशत लाभांश पारितका लागि नेपाल ल्यूब आयलको साधारण सभा आज बस्दैं
काठमाडौं । नेपाल ल्यूब आयल वार्षिक साधारण सभा आज अर्थात असोज २८ गते बस्दैछ । सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
यस्तै, कम्पनीको अधिकृत एवम् जारी पूँजी वृद्धि गरी १० करोड रुपैयाँ कायम गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि असोज १४ गते (शुक्रवार)देखि २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।















