युनिलिभर नेपालले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

युनिलिभर नेपालले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट १ कित्ता सेयर बराबर १२ सय १५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित परे पछि मात्र वितरण गरिनेछ । सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्