रमेश कर्प र कजारिया सेरामिक्सले ४०० करोड लगानीमा टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

रमेश कर्प र कजारिया सेरामिक्सले ४०० करोड लगानीमा टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने



काठमाडौँ । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । औपचारिक सम्झौतामा हस्ताक्षर कार्य दुबै समुहको विशिष्ट प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौँमा सम्पन्न भएको हो ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका हुन । यस सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०÷५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नव निर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिनेछ ।

नयाँ योजनाको बारेमा कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भन्नुभयो, “नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ । हामी विश्वस्त छौँ की यो सुविधा सम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ”।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले भन्नुभयो “यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउनेछ । यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ”।

रमेश कर्पका उपाध्यक्ष श्री रोहित गुप्ताले थप्नुभयो, “नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ । आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ”।

कजारिया सेरामिक्स भारतमा सिरेमिक÷भिट्रिफाइड टाईल्स को सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । यसको भारतमा ८ (आठ) उत्पादन कम्पनी छन् जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् । उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्ग मिटर रहेको छ । ३४ वर्ष पहिले स्थापना भएको कजारिया आफ्नो कडा परिश्रम, नवोत्पादन र ग्राहकहरुको साथले अघि बढेको छ । कजारियाले सिरेमिक वाल र फ्लोर टाईल्स हरूका ३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ । साथै भिट्रिफाइड टाईल्स , डिजाइनर टाईल्स र अरु थुप्रै उत्पादनहरु बजारमा भित्राएको छ । कजारियाले आफ्ना ग्राहकहरूलाई विश्व–स्तरीय प्रिमियम टाइलहरू प्रदान गर्न मार्गदर्शक बनेकोे छ र ‘एशिया मोस्ट प्रमिसिङ्ग अवार्डस्ले’ पक्कै पनि यो तथ्यलाई सुनिश्चित गर्दछ ।

५० वर्षभन्दा अघि स्थापना भएको, रमेश कर्प वहुआयामिक एवं ठूला निजी उद्योग तथा व्यापारिक समूह मध्य एक हो । स्थापना काल देखि नै रमेश कर्प आयात निर्यात, संचार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत, खानी आदिमा प्रत्यक्ष संलग्न भई आईरहेको प्रसिद्व कम्पनी हो । आफ्ना सबै व्यवसायिक अभ्यासहरूमा “फरवार्ड टुगेदर”को मूल दर्शनलाई आत्मसात गर्दै आफ्ना ग्राहकहरू, कर्मचारीहरू, लगानीकर्ताहरू, इकोसिस्टम साझेदारहरू साथै सम्पूर्ण राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकांक्षा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्