केयर रेटिङ नेपालद्धारा लाभांश घोषणा, साधारण सभा मंसिर १५ गते « Arthapath.com
२२ कार्तिक २०७९, मंगलवार

केयर रेटिङ नेपालद्धारा लाभांश घोषणा, साधारण सभा मंसिर १५ गते



काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश (कर रहित) दिने निर्णय गरेको हो ।

साथै, कम्पनीले उक्त प्रस्ताव पारितका लागि मंसिर १५ गते छैंठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

साथै, सभामा आर्थिक वर्ष २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्