क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्ष मा निर्वाचित « Arthapath.com
२४ कार्तिक २०७९, बिहीबार

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्ष मा निर्वाचित



काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स – विट्साको सन् २०२२ –२४ कार्यकालको निम्ति कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।


भाद्र अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित ुभएका चौरासिया यहि गत मंगलबार बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि उहाँ सन् २०१८ – २० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने सन् २०२० – २२ कार्यकालमा कोषाध्यक्ष थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।


द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।


चौरासिया कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा क्यान महासंघ उनको सफल कार्यकालको कामना गर्दछ । साथै, विट्सामा उहांको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि – देश विकाशको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने हाम्रो प्रयासमा मदत पुग्ने विश्वास हामीले गरेका छौं ।


प्रतिक्रिया दिनुहोस्